Logo
२३ बैशाख २०८१, आईतबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

सरकारविरुद्ध राप्रपाले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

राप्रपाले सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर काठमाडौँमा प्रदर्शन गरेको हो ।हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।

काठमाडौँको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ ।

विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा- प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्