Logo
२३ बैशाख २०८१, आईतबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि मात्र हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको बताएका छन् । उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको बताए ।

सभामुख र सांसदहरू अराजक भएको भन्दै त्यसको विकल्प ताजा जनादेश भएको ओलीको भनाइ थियो । यसको दबाई ताजा जनादेश हो । चल्नै नसक्ने संसद्को दबाई ताजा जनादेश थियो । संसद् अनुशासन हीन र अराजक भयो, उनले भने ।

आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ‘ताजा जनादेशको दबाई खोजेको बताए ।

आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा दाहाल पक्ष लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको ओलीको भनाइ छ । उनले भने  ‘यहाँ त राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपतिको हुर्मत लिने काम भएको छ ।’

उनले भने ‘संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ । संविधान कार्यान्वयनका लागि मैले कदम चालेको छु । प्रणालीको रक्षा हुन्छ भनेर त्यसका लागि मैले कदम चालेको छु ।’

ओलीले भनेका छन् ‘पार्टीले यस अभियानलाई ठीक ढंगले अगाडि बढाउँछ भनेर त्यसका लागि मैले यो कदम चालेको छु ।’

ओलीले संसद् पुनस्स्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन आग्रह गरे । उनले आफू आधिकारिक नेकपा भएको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पारे ।

संसद्‍मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि पोखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आक्रोश पोखेका छन् ।

संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे ।

विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन, ‘सभामुख सापकोटाले किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले थपे, ‘संसद् विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०स्४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो ।

सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’

पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको ओलीको भनाइ थियो । उनले अहिले बहुमतमा रहेको भनेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफूहरूसँग बहुमत छ भनिरहेको अवस्थामा त्यसका लागि निर्वाचनमा लाग्न आग्रह गरे ।

‘बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गर्छु’उनको भनाइ छ । बहुमत भए निर्वाचनबाट आउन पनि ओलीले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्