Logo
५ जेष्ठ २०८१, शनिबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ५११ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

file photo

नेपालमा आज थप ५११ जना कोरोना संक्रमित पुष्टि भएको छ ।२४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ६ सय जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या संख्या १ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ।

 

नेपालमा आज सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्