Logo
५ जेष्ठ २०८१, शनिबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ७०८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु र ७३१ डिस्चार्ज

नेपालमा आज थप ७०८ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ।

आज ७३१ जना उपचारपछि कोरोना निको भई डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। हाल ३ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

 

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्