Logo
६ जेष्ठ २०८१, आईतबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँग मिलेर नै अघि बढ्न दाहाल-नेपाललाई चिनियाँ विशेष टोलीको सुझाव

चिनियाँ विशेष टोलीले नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर नै अघि बढ्न सल्लाह दिएका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट आएको उक्त विशेष टोली आज दाहालसँग भेटेका हुन् ।

जवाफमा दाहालले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार भएको बताएका हुन् ।

त्यसको मतलब दाहालले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान चिनियाँ टोली समक्ष राखेका हुन् ।

नेपालमा राजनीतिक संकट गहिरिदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

उक्त टोलीले आइतबार काठमाडौंमा आउने वित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटिसकेको छ ।

उक्त टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् ।

करिब साढे ९ बजे खुमलटार पुगेको चिनियाँ टोलीले दाहालसँग करिब ४५ मिनेट वार्ता गरेको थियो ।

त्यसपछि चिनियाँ टोलीले अर्का अध्यक्ष माधवकुमार नेपालसँग वानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेका हुन् ।

दाहाल निकट एक नेताले दिएको जानकारी अनुसार चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेका हुन् ।

नेपाल निकट एक नेताका अनुसार चिनियाँ टोली टोलीका सदस्यहरुले नेकपाको एकतालाई कायमै राख्नको लागि सुझाव दिएका थिए ।

जवाफमा नेता नेपालले पहिला ओली सच्चिनु पर्ने धारणा राखेका थिए ।

त्यसपछि चिनियाँ टोली पूर्व प्रधानमन्त्री तथा सोही खेमाका नेता डल्लुमा झलनाथ खनाललाई भेट्न डल्लु पुगेको थियो ।

टोलीले खनाललाई पनि एकतालाई कायमै राख्नको लागि आग्रह गरेको खनाल निकट एक नेताले जानकारी दिए ।

खनाललाई भेटेर चिनियाँ टोली सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

चिनियाँ टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्