Logo
२३ बैशाख २०८१, आईतबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका-१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्