Logo
६ जेष्ठ २०८१, आईतबार
(December 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रमण विवादित हुने भएपछी भारतीय गृहमन्त्री शाहको काठमाडौं आउने कार्यक्रम स्थगित

नेपालमा चरम राजनीतिक द्वन्द्व मच्चिएका बेला भ्रमण विवादित हुने आन्तरिक रिपोर्टिङपछि भारतीय गृहमन्त्री अमित शाहको नेपाल भ्रमण स्थगित भएको छ ।

ओली भारत जाने मार्ग प्रसस्त गर्न कोहि एक जना शिर्ष सरकारी नेता नेपाल आईदिनु पर्ने शर्त अनुसार अमित शाहको नेपाल भ्रमण तय भएको थियो ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी BJP र ओलीबीच पछिल्लो समय राम्रो सम्बन्ध बन्दै गर्दा त्यसका लागि पार्टीगत सम्बन्ध नै आवश्यक रहेको समझदारी बनेको थियो ।

त्यसै शिलशिलामा कि राजनाथ सिंह कि अमित शाह मध्ये कोहि नेपाल आउनुपर्ने सम्झदारी बनेको थियो ।

यद्यपि अहिले नेपालको आन्तरिक राजनीतिक द्वन्द्व चरम उत्कर्षमा रहेकाले अहिलेको भ्रमण विवादित हुनसक्ने बुझाई सहित शाहको भ्रमण स्थगित भएको बताईएको छ ।

यता भारतकै सहयोग आश्वासनका अधारमा ओलीले जेपनि गर्न तम्तयार रहेको बताईएको छ । श्रोतका अनुसार ओलीले बनाउने पार्टीको नाम पनि पछि फेर्नेछन् ।

श्रोतका अनुसार भाजपासँग सम्बन्ध बनाउन कम्युनिष्ट नाम हटाउनुपर्ने भाजपाको शर्त रहेको छ । जस अनुसार ओलीले पनि छुट्टै पार्टी बनाएर त्यसको नाममा कम्युनिष्ट न जोड्ने योजनामा छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका पुर्व अध्यक्ष समेत रहेका शाहको चुनावी भ्रमणका शिलशिलामा आसाम-मणिपुर छन् ।

उनी आसाम-मणिपुरको भ्रमणका लागि हिजो गुवाहाटी पुगेका हुन् ।

प्रकाशित मिति: Dec 26, 2020

प्रतिक्रिया दिनुहोस्