Logo
१५ बैशाख २०८१, शनिबार
(December 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको बद्लिदो अवस्थाबारे बुझ्न चिनियाँ टोली काठमाडौं आउँदै

नेपालमा कम्युनिष्ट सरकार भएर गदगद मानिएका उत्तरी छिमेकी देश चीनको एउटा टोली निरासा व्यक्त गर्दै नेपाल आउनेभएका छन् ।

नेकपामा भएको फूटको दुख मनाउ गर्दै चिनियाँ टोली नेपाल आउन लागेका हुन् ।

नेपालमा विकसित अप्रत्यासित राजनैतिक घटनाक्रमवारे स्थलगत रुपमै जानकारी हासिल गर्न उक्त प्रतिनिधि मण्डल नेपाल आउन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा पर्सि आइतबार आउने टोली चार सदस्यीय हुने र चारै दिन काठमाण्डौ बस्ने नेकपा श्रोतले बताएको छ ।

टोलीले बिभाजित नेकपाको दुबै खेमासँग घनिभूत छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Dec 26, 2020

प्रतिक्रिया दिनुहोस्