Logo
२३ बैशाख २०८१, आईतबार
(December 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि निर्मल निवासबाट पुर्वराजा शाह निस्कदै

नेपालको सत्तारूढ राजनीतिक विवाद उत्कर्समा रहेकाबेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्किने भएका छन् ।

रानी कोमल शाह सहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्ट स्थित निवासमा पुग्ने भएका हुन्।

प्रदेश एक स्थित झापा बसाईका क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित राप्रपाका नेता कार्यकर्तालाई पनि भेट्नेछन्।

त्यसैगरी नेकपा, जसपा र कांग्रेसलगायतका दलका नेतासँग पनि उनले झापामा भेट्ने बताईएको छ ।

पूर्वराजा ज्ञानेन्द्र पुगेको चार दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा पुग्नेछिन्।

त्यसपछि पूर्वराजपरिवारको भारत भ्रमणमा जानेछन् । झापाबाटै बागडोग्रा हुँदै नयाँ दिल्लीसम्मको भ्रमणमा जाने तयारीमा रहेको बताईएको छ ।

निर्मलनिवासले भने भारत भ्रमणको विषयमा केही खुलाएको छैन।

यद्यपि समाचार श्रोतले भने भारतीय जनता पार्टी तथा उस्को मातृसंस्था राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) का प्रतिनिधिहरुसँग पनि भेटघाट हुने बताईएको छ ।

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्