Logo
५ जेष्ठ २०८१, शनिबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ६१३ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

file photo

नेपालमा आज थप ६१३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ५ हजार ५१० जनाको पिसिआर परीक्षण गर्दा ६१३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा अहिलेसम्म कोरोना निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।

आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल ४ सय जना क्वारेन्टाइनमा छन्।योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ।

 

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्