Logo
५ जेष्ठ २०८१, शनिबार
(December 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ७४२ जनामा कोरोना पुष्टि, ७ संक्रमितको मृत्यु

नेपालमा आज थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ।आज १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७९५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ।

 

प्रकाशित मिति: Dec 21, 2020

प्रतिक्रिया दिनुहोस्