Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, १घाइते

लुम्बिनी प्रदेश अन्तरगत रहेको गुल्मीमा ट्र्याक्टर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-५ की ३१ वर्षीया पार्वती विकको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

उक्त दुर्घटनामा इस्मा गाउँपालिका-२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते भएका छन् ।मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो ।

उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ट्र्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Dec 21, 2020

प्रतिक्रिया दिनुहोस्