Logo
५ जेष्ठ २०८१, शनिबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आज ५८८ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

नेपालमा आज ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५८८ जनामा कोरोना पुष्टि भएको रुवास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९७ जना कोरोना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।

आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ।

 

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्