Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेडाको आन्द्राबाट बनेको कण्डम विश्वकै महङ्गो! थाहापाउनुहोस् यसको मूल्य कति?

कतिपय कुरा हामीलाई सुन्दा अचम्म लाग्ने गर्छ । कुनै चिजको मूल्य हामीले सुन्दा पनि पत्याउन गाह्रो हुने गर्छ आज हामी तपाईलाई त्यस्तै एक कण्डमको मूल्यको बारेमा चर्चा गर्ने छो ।

कण्डम भन्ने विक्तिकै हामी सबैलाई थाहाभएको कुरा हो । यो एक परिवार नियोजनको साधन अन्तरगत पर्ने गर्छ । सामान्यतया कन्डमको मूल्य बजारमा सस्तो रहेको हुन्छ तर धेरै अगाडि बनेको कन्डमलाई हाल ४६ हजार रुपैयाँमा खरिदको लागि राखिएको छ ।

सामान्यतया कण्डमको १५ सेमी लम्बाई हुन्छ भने यो चाही १९ सेमी लम्बाईको छ । १९ औं शताब्दीमा सस्तो रबर हुँदा पनि भेडाको आन्द्राबाट यो कन्डम बनाइएको थियो ।बनाउन पनि धेरै समय लागेको थियो ।

२ सय वर्ष पुरानो यो कण्डम १८ औं र १९ औं शताब्दीमा आन्द्राबाट बनेको थियो । अनलाइनमा लिलामको लागि राखिएको यस कन्डम धेरै दुर्लभ हो । यसलाई चुनिदा म्युजियममा राखिएको छ ।

फ्रान्समा भेटिएको १९ सेमी लम्बाई भएको कण्डम विश्वकै सबैभन्दा महङ्गो कण्डम हो ।कण्डम बनाउने समयमा धनि व्यक्तिहरुको लागि बनाइएको थियो ।

लिलामको लागि राखेपछि धेरै मानिसहरुले रुचि देखाए, कण्डम अनुमानित मुल्य भन्दा दुई गुना रुपैयाँमा बिक्रि भयो । यसलाई एम्सटर्डमका एक व्यक्तिले खरिद गरेका हुन् ।एजेन्सी

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्