Logo
७ जेष्ठ २०८१, सोमबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईलाई जाडोमा हात खुट्टा सुन्निने समस्या छ? यसबाट बच्न यी उपाय अपनाउनुहोस् !

अहिले काठमाडौं लगायत देशभरी नै चिसो बढी रहेको छ । चिसोमा हामीलाई धेरै प्रकारका समस्या हुने गर्छन् । जस्तै श्वासप्रश्वास सम्वन्धी समस्या, बाथ , सरुवा रोग, लगायत हाम्रो छाला तथा हात खुट्टा र औंलाहरु सुन्निने समस्या हुने गर्छ  ।

हामी कतिपयको जाडोको मौसममा हात, खुट्टा र औंलाहरु सुन्निने समस्या हुन्छ । सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन।

तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका तत्वको कमीले गर्दा शरीर सुन्निने समस्या देखा पर्छ।

जाडो मौसममा स्वासप्रश्वासमा समस्या देखिनाले रक्त वाहिनी नली संकुचित हुन्छ जसले गर्दा शरीरको विभिन्न स्थानमा अक्सिजन आपूर्ति कम हुन्छ ।

रक्तसंचारमा प्रभाव परेको कारणले जाडो महिनामा हात खुट्टा सुन्निने समस्या बढी हुन्छ।बिशेषत जाडो मौसममा यो समस्या देखिनाको प्रमुख कारण रक्तावाहिनी नली संकुचित हुनु हो ।

समाधानका उपायहरु

बेसारको प्रयोग

बेसारमा रक्तसंचार बढाउने बिशेष तत्व पाइन्छ । साथै यो दुखाई कम गर्नमा पनि प्रभावकारी छ । पानी र बेसारको पेस्ट बनाई प्रभावित स्थानमा लगाउनाले यसको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मसाज गर्ने

प्रभावित स्थानमा रक्तसंचार बढाउनका लागि तातो पानीले सेक्ने गर्नुपर्छ जसले मांसपेशीमा आराम पुग्छ । यदि हात खुट्टा सुनिएको छ भने प्रभावित ठाउँमा मनतातो तेलले हल्कासंग मसाज गर्ने । जसले रक्तसंचार बढ्नाका साथै अक्सिजन सप्लाईमा सहयोग पुर्याउछ।

भिटामिनयुक्त आहारको सेवन गर्ने

हात खुट्टामा भएको झन्झटाहटबाट मुक्ति पाउनका लागि डाइटमा भिटामिन बि , बि ६ र बि १२ समावेश गर्नु आवश्यक छ । यसका अलावा ओटमिल, दूध, पनीर, दही, मेवा आदिलाई पनि आहारको हिस्सा बनाउन सकिन्छ।

धुम्रपान नगर्ने

हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि धुम्रपानबाट पनि बच्नुपर्ने हुन्छ किनकि यसले पेरिफेरल आर्टरी डिसीज हुने खतरा बढी हुन्छ र रक्तसंचार राम्रोसंग हुन पाउदैन ।

हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि सकेसम्म चिसोबाट बच्नुपर्ने हुन्छ। अचानक हात खुट्टा सुन्निन थालेको छ भने तुरुन्तै रगडेर रक्त प्रवाह गर्नुपर्छ ।पत्रपत्रिका

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्