Logo
९ जेष्ठ २०८१, बुधबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा आज यस बर्षकै बढी जाडो, तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चापक्रम घट्दो अवस्थामा रहेको छ । आज काठमाडौंमा अहिलेसम्मकै बढी चिसो जाडो रहेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री मापन गरिएको छ ।

‘विहान ६ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको मौसमविदले जानकारी दिएका छन् । यो तापक्रम यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।

तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश नं.१, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्