Logo
२३ बैशाख २०८१, आईतबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा आज १ हजार ४४ नयाँ कोरोना संक्रमित थपिए,११ जनाको मृत्यु

सांकेतिक तस्विर

नेपालमा आज १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

आज १ हजार २७१ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्