Logo
२ जेष्ठ २०८१, बुधबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक हत्या घटनामा संलग्नलाई कडा कारबाही गर्न कांग्रेसको माग

प्रमुख विपक्षी दल कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेका छन् ।

उक्त घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’

साथै हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपील गरेका छन् ।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्