Logo
२ जेष्ठ २०८१, बुधबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्धारा पुर्व सांसद लामाप्रति श्रद्धाञ्जलि व्यक्त, राजनीतिक परिवर्तनमा खेलेको भूमिका स्मरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उनले जनपक्षीय भूमिका खेलेको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गरको कामको स्मरण पनि गरेका छन् । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्