Logo
७ जेष्ठ २०८१, सोमबार
(December 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : साढेँ २ किलो खुर्सानी दैनिक खाएर चर्चीत भएका यी व्यक्ति!

यो संसारको सृष्टि पनि अचम्म तरिकाले निमार्ण भएको छ । संसारमा फरक फरक भौगोलिक हावा पानी र फरक किसिमको परिवेश रहेको ।

अहिलेका मानिसहरु विश्वसामु चर्चीत हुनको लागि कुनै न कुनै करा गरिरहेका हुन्छन् । कोहीले छेपारो काचै खान्छन्, कोहिले आफूलाई जिउदो सर्पले डसाउँछन्, कोही गोहिसँग लडेका हुन्छन्, केहिन केहि गरेर विश्वमा आफूलाई भिन्न देखाउने प्रयासमा रहेका हुन्छन् ।

त्यस्तै आज हामी तपाईलाई खुसानी खाएर चर्चीत बनेका व्यक्तिको बारेमा जानकारी दिन गइरहेका छौ । यो घटना चीनको हो ।

चीनमा एक व्यक्तिले प्रत्येक दिन साँढे दुई किलो खुर्सानी खाने गर्छन् । अहिले उनलाई खुर्सानी किंग भनेर पनि बोलाउने गर्छन् । साँढे दुई किलो धेरै खुर्सानी खाएर पनि आँसु निकाल्दैनन् । हैली योगजी खुर्सानी खाने कारणले चर्चित बनेका छन् ।

सामान्यतया मानिसहरु बिहान उठेर ब्रश गर्छन् तर उनी बिहान उठेर खुर्सानी खान सुरु गर्छन् ।खुर्सानीले नै दाँत सफा गर्छन् । उनको अनुसार खानामा पिरो आएन भने खानाको स्वाद नै हुदैँन् ।

उनले रातो र पिरो खुर्सानी स्नैक्स जसरी खाने गर्छन् । उनले खुर्सानी खाने इच्छाकै कारण घरको पछाडी ८ प्रकारका खुर्सानीका विरुवा लगाएका छन् ।

हैलीले युवा अवस्थादेखि नै अन्य खाना बिना बाच्न सकेपनि खुर्सानी बिना बाँच्न नसकिने प्रतिक्रिया दिएका छन् ।उनले पुरानो दिन याद गर्दै भने, ‘१० वर्ष पहिला छोराको दुर्घटना ट्रकबाट भएको थियो । उक्त दिनमा पनि कटौरामा खुर्सानी खाएर अस्पताल गएका थिए ।’

उनको खुर्सानी धेरै खाएर शरीरमा कुनै हानी भएको छ छैन जाँच गराउदा डाक्टरहरु पनि आश्चर्यमा परेका थिए । उनको शरीरमा कुनै असर छैन् । सामान्य मानिसको जस्तै छ । एजेन्सी

प्रकाशित मिति: Dec 9, 2020

प्रतिक्रिया दिनुहोस्