Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले खुलायो ५ सय १३ जना शाखा अधिकृतको विज्ञापन

लोक सेवा आयोगले शाखा अधिकृतको दरखास्त आव्हान गरेको छ ।  आयोगले  बुधवार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन गरेको हो ।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशित भएको हो

दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

विज्ञापन खुलाए पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ । परीक्षा केन्द्र भने प्रथम चरणको लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ भने द्वितीय चरणको लागि आयोगका धनकुटा काठमाडौँ, पोखरा,जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ ।

हेर्नुहोस् विज्ञापन सूचिसहित :

प्रकाशित मिति: Dec 9, 2020

प्रतिक्रिया दिनुहोस्