Logo
२७ बैशाख २०८१, बिहीबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एशिया डाईनामिक डेब्ट फण्डमा आवेदन दिने जति सबैले पाए

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड’ का लागि आवेदन दिने जति सबैले प्राप्त गरेका छन्। म्युचुअल फण्डले गत मंसिर १२ गतेदेखि १६ गतेसम्म फण्डको सार्वजनिक निष्काशन गरेको थियो।

उक्त अवधिमा ७९ हजार ५१४ जनाले ५ करोड ६० लाख १६ हजार ५७० इकाईका लागि आवेदन दिएका थिए। आवेदन दिनेमध्ये १०० इकाईदेखि ५ लाख इकाईसम्मका लागि आवेदन दिने जति सबैले प्राप्त गरेका छन्। फण्डले सर्वसाधारणका लागि ४ करोड २५ लाख इकाई बाँडफाँड गरेको हो।

पुँजीसहित एनआईसी एशिया डाईनामिक डेब्ट फण्डले निष्काशन गरेको प्राथमिक निष्काशन आजदेखि बन्द हुने भएको छ। मागभन्दा बढी आवदेन परेकाले आजसम्म मात्रै बिक्री खुला गर्ने फण्डको बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ।

५० करोड रुपैयाँको बीज पुँजीमध्ये १५ प्रतिशत अर्थात् ७ करोड ५० लाख रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ४२ करोड ५० लाखमध्ये प्रथम चरणमा १२ करोड ५० लाख रुपैयाँ सर्वसाधारणका लागि सार्वजनिक रुपमा जारी गर्नेछ। बाँकी पुँजीका लागि भने फण्डले साप्ताहिक न्याभ रिपोर्टका आधारमा तय भएको मूल्यलाई आधार मानी लगानीकर्ताको माग अनुसार खरिद–बिक्री गर्दै जान सक्ने छ। यस्तो फण्डको आधार लगानीकर्ताको माग तथा आपूर्तिका आधारमा तलमाथि हुन्छ।

यस फण्डले दोस्रो बजारबाहेक नेपाल सरकारले जारी गरेका बण्ड, ऋणपत्र तथा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न सक्छन्। फण्डले जम्मा लगानीको १५ प्रतिशत बैंक तथा वित्तीय संस्थामा निक्षेप तथ मुद्दती निक्षेपमा लगानी गर्ने विवरणपत्रमा उल्लेख छ।

त्यस्तै जम्मा लगानीको ६५ प्रतिशत बण्ड डिवेन्चर मुद्रा बजार उपकरण माग तथा अल्पसूचनामा प्राप्त हुने रकम र २० प्रतिशत प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने जनाएको छ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्