Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सीडीओ कार्यालयमा डेस्क स्थापना

६ चैत, काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ ।

साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

भाइबर र ह्वाट्सएपमा म्यासेज पठाउनका लागि ९८५१३६०६०३ नम्बर तोकिएको छ । फोन नम्बर ०१-४२११२५७ र टोल फ्री नम्बर १११२ मा पनि सम्पर्क गर्न सकिने छ ।

[email protected] मा पनि इमेल पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 19, 2024

प्रतिक्रिया दिनुहोस्