Logo
२ जेष्ठ २०८१, बुधबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको आह्वानमा आज ११ बजे सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी ओलीले आज ११ बजे सर्वदलीय बैठक बालुवाटारमा बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठक मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना भाइरसको महामारीसँगको जुध्दाको परिस्थितिको समिक्षालगायतमा केन्द्रित हुने स्रोतले जनाएको छ ।

ओलीले विशेषगरी गणतन्त्र, धर्मनीरपेक्षता र संघीयतामाथि प्रहार हुन थालेपछि  सर्वदलीय बैठक बोलाएका हुन् । ठुला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने अवस्थामा सर्वदलीय बैठक बोलाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्