Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले मंगलबार बोलाए सर्वदलीय बैठक, समसामयिक राजनीतिमाथि छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको ओलीको सचिवालयले जनाएको छ ।

राजनीतिक र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

बालुवाटारमा बालाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना भाइरसको महामारीसँगको जुध्दाको परिस्थितिको समिक्षालगायतमा केन्द्रित हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

विशेषगरी गणतन्त्र, धर्मनीरपेक्षता र संघीयतामाथि प्रहार हुन थालेपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । कतिपयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादलाई अन्यत्र मोड्न ओलीले नयाँ अस्त्र फयाँकेको समेत भन्न थालेका छन् ।

तर, सडकमा राजावादीको प्रदर्शन बढ्दै गएको र त्यसप्रति आकर्षण पनि बढ्दै जान थालेपछि प्रधानमन्त्री ओली सतर्क भएको बुझिएको छ ।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा पछिल्लो समयमा नेकपाभित्र आन्तरीक विवाद उच्च विन्दुमा पुगेको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसबारे उनले सुरक्षा निकायका प्रमुखहरुसँग पनि जानकारी लिइसकेको बुझिएको छ ।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्