Logo
२ जेष्ठ २०८१, बुधबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको विवाद मिलाउन राष्ट्रपतिको सक्रियता बढ्यो, ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता

नेकपा भित्र बर्तमान समयमा आन्तरिक विवाद बढ्दै गएको अवस्थामा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी फेरि संक्रिय बनेकी छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर राष्ट्रपतिसँग बिहीबार छलफल गरेका हुन् ।

ओली बिहान शीतल निवास गएका थिए भने प्रचण्ड साँझ राष्ट्रपति निवास पुगको थिए । भेटवार्ताको विषयमा केही नबताइए पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपतिले पहल गरेको बुझिएको छ ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपाभित्रको विवाद झन् बढेको छ। अर्को बैठक शनिबारको लागि बोलाइएको छ, शनिबार सचिवालय बैठक बस्नुअघि सहमतिको लागि अनौपचारिक छलफल हुने नेताहरुले बताएका छन् ।

तर यसबीचमा सहमतिको प्रयास भन्दा दुवै पक्ष आ-आफ्नो रणनीति बनाउन व्यस्त छन् ।नेकपाभित्र मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ताको विषयमाथि सचिवालय बैठकमा छलफल नहुँदा विवाद चर्किएको हो ।

पछिल्लोपटक दुवै अध्यक्षले एकअर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रतिवेदन पेस गरेपछि विवाद झन् बढेको छ ।
यसअघि पनि नेकपामा विवाद बढ्दा राष्ट्रपति भण्डारीले चासो देखाएकी थिइन् । उनले नेकपाका विभिन्न नेतालाई निवासमै बोलाएर मध्यस्थताको भूमिका निर्वाह गरेकी थिइन् ।

पदीय जिम्मेवारी अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचका भेटवार्तालाई औपचारिक र स्वभाविक मानिन्छन् ।

तर पार्टीका विभिन्न बैठकहरु नियमित बस्न नसकेको र विवाद समाधान नभइको बेलामा राष्ट्रपतिले विभिन्न नेतालाई बोलाएर गरेको छलफलको आलोचना हुने गरेको छ ।

संवैधनिक राष्ट्रपति भएरपनि राजनीतिमा सक्रियता देखाएको भन्दै बेला बेलामा उनको आलोचना हुने गरेको छ ।

यसअघि अध्यक्षद्वयबीच पानी बाराबारेका अवस्था हुँदा राष्ट्रपति भण्डारीले नै मध्यस्थता गरेकी थिइन् । गत मंसिर २ गते पनि दुवै अध्यक्षलाई बोलाएर उनले सहमतिका साथ अघि बढ्न सुझाव र्दिएकी थिइन् ।

 

 

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्