Logo
५ जेष्ठ २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ औँ विश्व एड्स दिवस विविध कार्यक्रम गरी मनाइँदैं, नेपालमा हालसम्म २९५०३ एचआईभी संक्रमण

आज डिसेम्बर १ मा विश्वभर ३३ औँ एड्स दिवस मनाईदै छ ।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर ३३ औँ एड्स दिवस मनाइँदै छ ।

नेपालमा पनि ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नरा दिएर विश्व एड्स दिवस मनाइदै छ ।

नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ । जसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् ।

बालबालिका र वयस्कको संख्या १९ हजार ४१० रहेका छन् । नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर ०. १३ प्रतिशत रहेको छ ।

सीमा जोडिएका तराईका जिल्ला र सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितको संख्या धेरै रहेको केन्द्रले जनाएको छ । सन् २०३० सम्ममा नेपालबाट एड्सको महामारी अन्त्य गर्ने सरकारको रणनीति रहेको छ ।

सन २०१० को तुलनामा सन २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमीआएको तथ्यांकमा देखिएको छ ।

यस्तै एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ । एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको छ ।

 

 

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्