Logo
१० माघ २०७७, शनिबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन आधारहिन : सरकार

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार्य भएको बताएको छ । यो प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारको दाबी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ ।

तर सरकारले भने यो प्रतिवेदनमा आफ्नो असहमति रहेको र अस्वीकार्य बताएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले वक्तव्य जारी गर्दै सरकारविरुद्ध रहेका, सरकारको प्रगति नचाहने, सरकार विरोधी गतिविधिमा लागेका मान्छेहरुलाई सोधेर प्रतिवेदन तयार पारिएको दाबी गरेका छन् ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्