Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाद्वारा जंगीअड्डामा स्वागत

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् ।

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेलाई भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेको थियो ।

रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् ।

प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी आजै स्वदेश फर्कीने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्