Logo
६ जेष्ठ २०८१, आईतबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनका रक्षामन्त्री नेपाल भ्रमणका लागि आज आउँदै

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल आउँदै छन् ।

चीनका रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउन लागेका हुन् ।

फेङ्होआाइतबार काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । फेङ्हो ले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् ।

त्यस्तै उनको प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।खास गरी चीनले भारतसँगको सीमा विवादमा मात्रै होइन, नेपालसँगको सीमाबाट विदेशी घुसपेठमा चीन सतर्क रहेको संकेत दिन पनि उनी आउन लागेका हुन् ।

चिनियाँ रक्षामन्त्री फेङ्होले सीमा सुरक्षाको विषयमा विशेष चासोका साथ आफ्नो कुरा राख्नेछन् । साथै चिनियाँ र नेपाली सेनाको संयुक्त सैन्य अभ्यासको विषयमा प्रधानसेनापतिसँग छलफल गर्नेछन् । फेङ्हो आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्