Logo
६ जेष्ठ २०८१, आईतबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्र मन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई दियो भारतले निम्तो

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि निम्तो दिएका छन् ।

भारतले डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि निम्तो नेपाललाई निम्तो दिए हो ।  भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाली समकक्षीलाई बैठकका लागि पठाएको निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

यद्यपि,बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ ।तरकुन मितिमा बैठक हुने भन्नेचाहिँ टुंगो भइनसकेको जनाइएको छ । द्विपक्षीय विषयमा छलफल गरी समस्या समाधान गर्ने र अत्यावश्यकीय विषयहरुमा निर्देशन दिने म्यान्डेट आयोगको रहेको छ ।

विदेश सचिवले श्रृंगलाले नयाँ दिल्लीमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको निम्तो ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

पछिल्लो पटक उक्त आयोगको बैठक दुई वर्षअघि सन् २०१८मा भएको थियो । त्यसअघि सन् २०१६ र २०१४ मा बसेको थियो ।

विदेशसचिव श्रृंगलाको यस भ्रमणमा विभिन्न कारणले रोकिएका द्विपक्षीय संयन्त्रका बैठकहरु सुचालु गर्ने सहमति पनि बनेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई देशका बीचमा व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार निर्माण लगायतका विषयमा कुराकानी भएको छ ।

सीमा विवाद समाधान गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।गत वर्ष भारतले नेपालको लिम्पियाधुरासहितको क्षेत्र समेटेर नक्शा प्रशासन गर्नेदेखि कालापानी क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको क्षेत्र समेटेर नक्शा जारी गरेको छ ।

यसैका कारण दुई देशबीच करिब डेढ वर्षदेखि सम्बन्ध बिग्रँदै जाँदा दुई देशबीच हुनुपर्ने नियमित संवादका श्रृंखलाहरु रोकिएका छन् ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्