Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि शुरु हुँदै, निर्वाचन शनिवार

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा आजदेखि सुरु हुँदै छ ।

साधारणसभाको उदघाटन विहान  बालुवाटारबाटै भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

कोरोना जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ ।

बन्दसत्र १२ गते हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । बन्दसत्रमा महासङ्घको

आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् ।

महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् ।

महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले यसपटक पूरै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

राजधानीको तीन स्थान नेपाल प्रज्ञा प्रतिष्ठान, बबरमहलस्थित कार्की ब्याङ्क्वेट र टेकुस्थित महासङ्घ सचिवालय बाट मतदान गर्ने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।

कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । त्यसपछि पनि पटक–पटक साधारणसभाको मिति तोकिए पनि लकडाउनका कारण स्थगित हुँदै आएको थियो ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्