Logo
६ जेष्ठ २०८१, आईतबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै, सीमा विवादबारे छलफल हुने

छिमेकी देशका भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै छन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुईदिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

आज नै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको बुझिएको छ ।

भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएको भए पनि यो पटकको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ ।

दुई देशीय सीमा मामिलासहित प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा पनि भारतीय विदेश सचिव श्रृंगलासँग कुराकानी हुने परराष्ट्रसचिव भरतराज पौडेलको भनाई छ ।

काठमाण्डौको एक होटलमा द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यस्तै उनी र परराष्टमन्त्री ज्ञवालीबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव श्रृंगला नेपालको भ्रमण सकेर भोलि दिउँसो १ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्