Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभावले देशभर चीसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले गर्दा आज आज काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा चीसो बढेको छ । देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव देख्एिको छ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भु भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हल्का वर्षासँगै देशका धेरै स्थानहरुमा वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा विहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले सतर्कना अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ५.६ डिग्री र अधिकतम् तापक्रम २०.० डिग्री सेल्सियस छ ।

त्यस्तै, बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम –०।८ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम् तापक्रम १३ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्