Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा १४ देखि ७० वर्ष सम्मका व्यक्तिले रुचाए होन्डाको हाइनेस सीबी ३५० बाइक !

भारतीय बजारमा डेलिभरी गरेको होन्डाको हाइनेस सीबी ३५० बाइक १४ देखि ७० वर्ष सम्मका व्यक्तिले समेत रुचाएको होन्डाले बताएको छ ।

होन्डाले भारतीय बजारमा २० दिनमै १ हजार युनिट हाइनेस सीबी ३५० डेलिभरी गरेको छ ।रेट्रो स्टाइलको आधुनिक सो बाइकले हाल निकै नै चर्चा पाएको छ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ ।

होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ ।

झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलले हाल बजारमा सर्बाधिक बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५० का साथै बेनेली इम्पेरियल ४००, जावा र केही समयमै लन्च हुने रोयल इन्फिल्ड मेटियरसँग प्रतिस्पर्धा गर्नेछ ।

यसको मूल्य १ लाख ९० हजार भारु तोकिएको छ ।नेपाली बजारमा समेत सो बाइक केही समय पछि आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्