Logo
१८ बैशाख २०८१, मंगलबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको चाँडै शिलान्यास हुने बताएका छन् ।

शुक्रबार गोरखामा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सम्बन्धित निकायलाई छिटो काम गर्न निर्देशन दिएकाले चाँडै शिलान्यास हुने बताएका हुन् ।

गोरखा जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र पार्क निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने पनि बताए ।

‘गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत्, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु । यो पटक जनताले बुझ्नेगरी बजेट विनियोजन हुनेछ ।’

देशमा सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । उनले भने, ‘शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्ने छैनन् भन्ने स्पष्ट भएको छ । सुशासन यो सरकारको पहिलो प्राथमिकता हो ।’

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्