Logo
५ जेष्ठ २०८१, शनिबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसविरुद्धको भ्याक्सिनमध्ये कुनको प्रभावकारी कति ?

सँसारभर कोराना विरुद्धको भ्याक्सिन विकास भइरहँदा विभिन्न देशका कम्पनिहरुले आफ्नो भ्याक्सिन निकै प्रभावकारी रहेको दाबी गर्न थालेका छन् ।

अमेरिकी कम्पनि मोर्डनाले विकास गरेको भ्याक्सिनको प्रभावकारिता अहिलेसम्मकै सबैभन्दा बढी रहेको दाबी गरिएको छ ।मार्डनाले सोमाबार सार्वजनिक गरेको तथ्यांक अनुसार भ्याक्सिन ९४.५ प्रतिशत प्रभावकारी दाबी गरिएको छ ।

अमेरिकाका सरुवा रोगसम्बन्धी शिर्ष चिकित्सक डा.एन्थोनी फाउसीले अहिलेको परिणामले अहिलेसम्मकै सर्वाधिक भनेका छन् । भ्याक्सिन प्रभावकारी देखिएको मोर्डनाका अनुसन्धानकर्ता वैज्ञानिकले समेत गरेका छन् ।

रुसी भ्याक्सिन स्पुतनिक भी आकस्मिक प्रयोगमा आइसकेको छ । यसको सर्वसाधारणमा प्रयोगको अन्तिम तयारी भइरहेको छ । रुसी भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।

यसरी हेर्दा भ्याक्सिन कम्पनिहरुको आ आफ्नै दाबी छ । तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।भ्याक्सिनको प्रयोग डिसेम्बरको दोस्रो हप्ताबाट शुरु हुने जनाइएको छ ।

यसअघि फाइजर कम्पनिले भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको जनाएको थियो ।अमेरिकी औषधी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको प्रभावकारी भ्याक्सिन ल्याउने निश्चित भएको छ ।

उसले भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा कोरोनाविरुद्ध निकै प्रभावकारी देखिएको दाबी गरेको हो ।तेस्रो चरणमा हजारौं स्वयंसेवीमाथि प्रयोग गर्दा पहिलो डोज कोरोनाविरुद्ध आशा गरेभन्दा बढी प्रभावकारी देखिएको फाइजरको दाबी छ ।

फाइजरको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको दोस्रो डज दिएर नतिजा आएलगत्तै आकस्मिक प्रयोगको अनुमति मागिने फाइजरले जनाएको छ । तर, दोस्रो डज दिएको दुई महिनासम्म स्वयंसेवीहरुको निगरानी गरिनेछ ।

फाइजर भ्याक्सिनले अमेरिकी औषधी व्यवस्थापनसम्बन्धी निकायबाट अनुमती पाएमा कोरोना भाइरसविरुद्धको तेस्रो भ्याक्सिन हुनेछ । यसअघि रुसी भ्याक्सिनहरुले तेस्रो चरणको परीक्षण हुँदै गर्दा दर्ता अनुमती पाएका थिए ।

फाइजरले जर्मनीको साझेदार कम्पनि बायोनटेकसँग मिलेर कोरोना भाइरविरुद्धको भ्याक्सिन विकास गरिरहेको छ । उसले ४३ हजार स्वयंसेवीमा भ्याक्सिनको परीक्षण गरिसकेको छ ।

चिनियाँ भ्याक्सिन पनि आकस्मिक प्रयोगमा ल्याइसकिएको छ । चीनका तीनवटा कम्पनि भ्याक्सिनको परीक्षणको अन्तिम चरणमा छन् । यसबाहेक अक्सफोर्ड भ्याक्सिन पनि यसै वर्ष प्रयोगमा ल्याइने बताइएको छ ।

विश्वका एक सय ५० भन्दा बढी कोरोनाविरुद्धका भ्याक्सिन विकासको क्रममा छन् । त्यसमध्ये रुस, अमेरिका, चीन र बेलायतका कम्पनि भ्याक्सिन विकासको अन्तिम चरणमा छन् ।

तर, तिनको प्रभावकारिताबारे विकासका क्रममा नै प्रश्न उठ्ने गरेको छ । भारतले पनि भ्याक्सिन विकास गरिरहेको छ । विश्वभर भ्याक्सिन विकास भइरहँदा प्रयोगमा नआउँदै प्रभावकारिताबारे दाबी चलेको छ ।

 

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्