Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न

नेकपाको सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरि आजको बैठक सम्पन्न भएको छ ।

आजको बैठकमा पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसूचि बनाएर छलफल गर्ने र निश्कर्ष निकालिने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार पार्टीमा उत्पन्न संकट, समस्या र त्यसको समाधानलाई कार्यसुचि बनाएर छलफल गर्ने निश्कर्ष निकालियो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भ, पर्सा र कर्णाली घट्नाक्रम, कोभिड नियन्त्रण, उपचार र त्यसले पैदा गरेको आर्थिक संकटको बारेमा छलफल गर्ने, यस बिचमा पार्टी र सरकार बीच उठेको विषय खासगरी गोयलको नेपाल भ्रमणको विषयमा छलफल अगाडि बढाउने तय भयो ।

बैठकको आवश्यकत्ता महशुसर गर्दै कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्यहरुले केपी ओलीलाई सहमतिमा बैठक बस्न आग्रह गरेको पत्र र त्यसको जवाफमा प्रचण्डलाई प्रधानमन्त्री ओलीले लेखेको पत्र, उक्त पत्रको जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई लेखेको पत्र, पार्टीको संकट र निवारणको सन्दर्भमा प्रचण्डले तयार गरेको प्रस्ताव, स्थायी कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) सबै सचिवालयका कमरेडलाई अध्ययनको लागि वितरण गरिएको छ ।

सबै सामग्री र गम्भीरतामा समग्रमा छलफल गरि पूनः पार्टी सचिवालयको बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्नेगरि स्थगित गरिएको छ ।

 

 

 

 

 

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्