Logo
५ जेष्ठ २०८१, शनिबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट नहुने : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै बोर्डले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार आए पनि त्यसमा सत्यता नरहेको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन ।होम सेन्टरमा नै सञ्चालन हुने चार हजार एक सय पाँच परीक्षा केन्द्र रहेका छन् ।

कक्षा-१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ ।सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ  ।

प्रश्नपत्र छपाई लगायतका परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ  ।

कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् ।

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्