Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि

सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्