Logo
५ जेष्ठ २०८१, शनिबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा संचालन हुने केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ बाट संचालन हुने केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ ।

परीक्षार्थीलाई नोवेल कोरोनाबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो । निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई-दुई मिटर कायम गर्नुपर्दछ ।

एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा संचालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ/संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ ।

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्