Logo
१५ चैत्र २०८०, बिहीबार
(October 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारीको बेला मधेशमा सभा गदै हिड्ने बाबुराम दम्पतीमा कोरोना देखियो

महामारीकै समयमा मधेशमा गएर केही समय अघि सभा गर्दै हिडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना देखिएको छ ।

डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र पत्नी एवं पूर्वमन्त्री हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

भट्टराईले ट्वीटरमा भनेका छन्, ‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं, केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ’ ।

सामान्य ज्वरो आएको लक्षण देखिएपछि भट्टराई दम्पतिको शुक्रबार परिक्षण गरिएको थियो । उनीहरु घरमा नै बसिरहेको जनाइएको छ ।

प्रकाशित मिति: Oct 24, 2020

प्रतिक्रिया दिनुहोस्