Logo
१९ बैशाख २०८१, बुधबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको उपचारअघि भुक्तानी अग्रिम गर्न सरकारी अस्पतालबाटै दबाव

कोरोनाको उपचार बिरामी भर्ना भएलगत्तै बुझाउन सरकारी अस्पतालबाटै दबाव आउन थालेको छ ।

काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल ) कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोनुपर्ने जनाएको छ । सरकारले उपचार खर्च नव्यहोर्ने निर्णय गरेपछि संक्रमितको उपचार खर्च लिन बाध्य भएको अस्पतालका निर्देशक दीर्घराज आरसीले बताए ।

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भइ उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने छ ।

“कोरोना संक्रमितको उपचार खर्च सरकारले नदिने भएपछि बिरामीले उपचार खर्च तिरेर उपचार गर्नुपर्छ” उनले भने, “आजैबाट उक्त निर्णय कार्यान्वयन हुन्छ ।”

उनका अनुसार विपन्‍न, अशक्त, असहाय, असहाय एक महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलगायतको प्रमाणपत्र लिएर आउनुपर्छ । त्यसबाहेका अन्य संक्रमितले आफ्नो उपचार खर्च आफैं बेहोर्नुपर्ने छ ।

कोरोना संक्रमतिलाई क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा गर्न भनिएको छ । “खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,” अस्पतालको सूचनामा भनिएको छ ।’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपचार गर्न आर्थिक रुपमा विपन्‍न अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ, कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने बताउँछन् । “कोरोना महामारी त २-३ वर्ष जान्छ, पैसा हुनेले पनि खर्च नगर्ने ?” उनले प्रश्न गरे ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्