Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा वृद्धवृद्धा सम्मानित

रौतहट : प्रदेश २ स्थित रौतहटको चन्द्रपुरमा नेपाली काग्रेस वडा नम्बर ५ वडा समितिले विजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्र सम्पन्न गरेको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गरी चन्द्रपुर नगरपालिका वडा नम्बर ५ कार्य समितिले शुभकामना आदान–प्रदानसंगै वडा नं ५ का बृद्धबृद्धाहरुलाई सम्मान तथा कदर पत्र समेत प्रदान गरिएको थियो। नेपाली काग्रेंस रौतहटका जिल्ला सभापति कृष्ण यादवले उद्घाटन गर्नु भएको कार्यक्रममा वि.पि कोइराला एवं नेपाली कांग्रेस रौतहटका मुर्धन्य नेता स्व. पुन्य प्रसाद दाहालको संयुक्त तस्बिरमा माल्यार्पण गरेका थिए । नेपाली काग्रेंस रौतहटका नेता संविधानसभा सदस्य सुनिल कुमार यादव, लगाएत प्रेमशंकर राय यादव लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अधिकांस वक्ताहरुले नेपाली काग्रेस रौतहटका नेता पुन्य प्रसाद दाहालले बि.स.२०४९ सालमा शिक्षा , स्वास्थ्य , खानेपानी , बिजुली , टेलिफोन लगायतका १५ बुदें माग राखि गर्नु भएको आमरण अनशनको कदर समेत गरिएको थियो । कार्यक्रममा नेपाली काग्रेंसको प्रजातान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गरेर बि.स.२०४६ साल एवं २०६२/०६३ को जनआन्दोलनमा सहभागिता जनाउनु भएको १९ जना वडा नम्बर ५ निवासी वृद्ध–वृद्धालाई सम्मान सहित कदरपत्र प्रदान गरिएको छ ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरी , वडा नम्बर ५ का वडा अध्यक्ष संजय काफ्ले,प्रजातान्त्रिक बिचार केन्द्रका केन्द्रिय अध्यक्ष रविनचन्द्र कोईराला,नेपाली कांग्रेस महासमिति सदस्य शैलेन्द्र चौधरी , महाधिवेशन प्रतिनिधि संजय कार्कि , भागिरथ साह , नेपाली कांग्रेसका पुर्व उपसभापति अनन्त कोईराला,पुर्व जिल्ला सदस्य अजय साह,प्रदेश नं २ एन्फाका अध्यक्ष नेपाल कार्की , नेपाली कागे्रंस तरुण विभाग सदस्य सपुत बहादुर कार्की , नेपाल महिला संघका केन्द्रय सदस्य लक्ष्मी बराल ,जिल्ला उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष टिका घिमिरे,क्षेत्र नम्बर ३ का सचिव फिरोज आलम , नेपाल बिद्यार्थी संघ का नेता श्यामहरी चौलागाई, लगायतको सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रमको संचालन भने अवदेशहरी भट्टराईले गर्नु भएको भने सो कार्यक्रममा स्वागत मन्तव्य स्ववीयु उपसभापति एवं चन्द्रपुर वडा नम्बर ५ का वडा सदस्य गोपाल हुमागाईले गर्नु भएको थियो।चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का नेपाली काग्रेंसका वडा सभापति दामोदर घिमिरेले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्