Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश नं १ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत इटहरीका थप एक कोरोना संक्रमित पुरुषको भएको छ ।

सुनसरीको इटहरी-२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । ।

उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए । रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

 

 

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्