Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले  ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताएका छन् ।

उनले बलात्कार लगायतका घटना लुकाउनको लागि सामाजिक दबाब र भनसुन, विभिन्न खालमा प्रभाव आए पनि कानुन कार्यान्वयनमा अघि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् ।

निष्पक्ष अनुसन्धान कानुन कार्यान्वयन र कानुनी राज्यको आधार भएकाले पीडितलाई न्याय दिन र राज्यमा दण्डहीनता अन्त्यको लागि पनि आवश्यक भएकाले पारदर्शी सेवा संचालन गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याएको र एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा सोचिरहेका उनले बताएका छन् ।

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्