Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्