Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले बाह्ररीलाई जानकारी दिए ।

उनका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् ।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्