Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रदेश २ को नाम र राजधानी टुंग्याउने तयारी : मधेस, मिथिला की जानकी ?

देशमा संघीय संरचना कार्यनन्वयनमा आएको अढाई वर्ष बितिसक्दासमेत टुंगो लाग्न नसकेको प्रदेश २ को स्थायी राजधानी र नामकालागि अब प्रयास थालिने भएको छ ।

यसअघि प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव ल्याउन नसकेपछि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित संसदीय समितिले दलहरूसँग छलफल गरेर विवाद टुंग्याउन प्रस्ताव लगेपछि ४ चैतमा मतदान भएको थियो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दसैँपछि नाम र स्थायी राजधानी टुंग्याउने विषयमा सदनसँगै दलहरूसँग आन्तरिक सहमतिको प्रयास थालिने जानकारी दिएका छन् ।

राजधानीको विषयमा सबै दलहरू एकमत रहे पनि नामकरणको विषयमा दलहरूको आ–आफ्नै अडानले थप राजनीति किचलो बढ्ने देखिएको छ ।

गत फागुनमा सदनमा लगेको प्रस्ताव फेल भएको सात महिना बित्न लाग्दासमेत नाम र राजधानी विवाद टु्ंग्याउने दलहरूले अग्रसरता देखाएको छैन् ।

तर, नामकरण सन्दर्भमा सत्तारूढ तत्कालीन राजपा र समाजवादी पार्टीको संयुक्त प्रस्ताव ‘मधेस प्रदेश’ प्रस्ताव अस्वीकृत भएपछि जनकपुर राजधानीका लागि दलहरूबीच सहमती जुटिसक्दासमेत सो प्रस्ताव फेल गराइएको थियो ।

प्रदेश–२ को राजधानी जनकपुर र नाम मिथिला भोजपुरा नै कायम हुनुपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसको माग छ । तर, सत्तारूढ जसपा भने प्रदेशको राजधानी जनकपुर राख्न सहमत भए पनि नामकरण जसरी पनि मधेस प्रदेश राख्नुपर्ने अडानमा छ ।

मधेसको पहिचान र सहिदको सपना पुरा गर्न प्रदेश २ को नाम मधेस प्रदेश नै हुनुपर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री यादवको भनाइ छ ।

नाम र राजधानी टुंग्याउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित समितिले फेरि प्रक्रिया अघि बढाउने मन्त्री यादवको भनाइ छ ।

१०७ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा सत्ताधारी दलका ५५, नेकपाका ३२, नेपाली कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका १ जना सांसद छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशको स्थायी राजधानी र नाम तोक्न दुई तिहाइ अर्थात ७२ मत जरुरी हुन्छ ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्