Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

लुम्बिनि प्रदेशको रुपन्देहीमा कोरोना संक्रमणबाट एक जना वडा सदस्य  इन्जिनियरको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो र उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नं.५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।

१४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।वडा अध्यक्ष चेत बहादुर क्षेत्रीका अनुसार उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो ।

त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो । उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्